दफा १६
अदालतको अधिकारक्षेत्रको प्रयोग
(१) जिल्ला अदालतको अधिकारक्षेत्रको प्रयोग जिल्ला न्यायाधीशको इजलासबाट हुनेछ ।
(२) उच्च अदालतको अधिकारक्षेत्रको प्रयोग यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम एक न्यायाधीशको इजलास वा न्यायाधीशहरूको संयुक्त इजलासबाट हुनेछ ।
(३) उपदफा (२) बमोजिम संयुक्त इजलासबाट हेरिने मुद्दाको निर्णय गर्दा न्यायाधीशहरूका बीच रायमा मतैक्यता हुन नसकेमा दुवै न्यायाधीशको राय सहित त्यस्तो मुद्दा निर्णयार्थ तेस्रो न्यायाधीश समक्ष पेश गर्नु पर्नेछ । त्यसरी तेस्रो न्यायाधीश समक्ष पेश गर्दा पनि बहुमत कायम हुन नसकेमा तारिखमा रहेका पक्षहरूलाई तारिख तोकी सबै न्यायाधीशहरुको राय सहित सो मुद्दाको मिसिल निर्णयार्थ सर्वोच्च अदालतमा पठाउनु पर्नेछ ।
(४) प्रचलित कानून बमोजिम दुई वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट हेरिने मुद्दामा फैसला वा अन्तिम आदेश गर्ने काम बाहेक अरु काम कारबाही एक न्यायाधीशको इजलासबाट भएको रहेछ भने पनि त्यस्तो काम कारबाही बदर हुने छैन ।